ओली सरकार पूर्ण रुपमा असफल : भट्टराई

धनुषा–चैत ३०।  पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ओली सरकार असफल भएको भन्दै सत्तामा रहने नैतिक आधार गुमेको आरोप लगाउनुभएको छ । baburam-bhattarai
धनुषाको जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले सरकारको गतिविधि र भाषा पञ्चायती व्यवस्था जस्तै देखिएको भन्दै सरकारले अराजकता, कालाबजारी, तस्करी, भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाउनुभएको हो । मधेसका मुद्दाको सम्बोधन विगतमा भएका सहमति र सम्झौताका आधारमा आयोग र संविधानसभाको समितिको सुझाव अनुसार हुनुपर्ने भन्दै  मधेस आन्दोलनले अब रष्ट्रिय स्वरूप पाउने बताउनुभयो । मधेसी, थारु, आदिवासी, जनजाति, खस र आर्यबीच एकताको आवश्यतामा रहेको दाबी गर्दै उनले  मधेसलाई टुक्र्याउने सोच कसैले राख्न हुने बताए।
पुरानो राजनीति र यथास्थितिवादलाई चिर्दै मुलुकको विकास र स्थायीत्वका लागि नयाँ शक्तिले अभियान अघि बढाएको भट्टराइको दाबी थियो ।

तपाईको प्रतिक्रिया