खोटाङ–३० चैत । दिक्तेलबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । मंगलबार बिहान महादेवस्थान–४ बर्खेटारमा बा.२ ख ६३७६ नम्बरको बस दुर्घटना हुँदा चालक, ७ महिला र १५ पुरुष गरी २२ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ४ महिला र २८ पुरुष समेत गरी ३२ जनाको उद्धार गरी थप उपचारका लागि काठमाडौ ल्याइएको प्रहरीले जनाएको छ । यात्रु बस साँघुरो बाटो रहेको बर्खेटारमा बिहान साढे ८ बजे सडकबाट करिब ५०० मि. तल खसेको थियो ।
बसमा सुरुमा २८ यात्रु र बीच बाटोमा थपिएर करिब ७० जनाले यात्रा गरेको बताइएको छ । सशस्त्र प्रहरी र स्थानीयवासीले ३१ जना घाइतेको उद्धार गरी हलेसी स्वास्थ्य चौकीमा पु¥याएका थिए । अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउँनुभएको छ ।
घटनास्थल पुग्न सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्रा गर्नुपर्छ । घटनाको विस्तृत जानकारी आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । यो स्थानमा यसअघि पटक पटक दुर्घटना भइसकेको छ ।