शिक्षण पेशाले जन्माएको एउटा अनौठो समाजसेवी

पुण्य धमला– एउटा सामान्य सरकारी शिक्षक आफ्नो पेशा कायमै राख्दै ५६ जना अपाता भएकाहरुको अभिभावकसम्म बन्यो भन्दा अधिकांशलाई अनौठो लाग्न सक्छ । तर ५१ बर्षिय यी दयाराम महर्जन अहिले उदार समाजसेवीबाट ५६ जनाका अभिभावक बनेका छन् । त्यो पनि शारिरिक रुपमा अपाङ्ताता भएर साहारा खोजीरहेकाहरुको अभिभावक । 20160410_124312

ललितपुर बुङमतिका स्थानीय दयारामले प्राथमिक शिक्षक हुँदाको अर्थात २७ वर्षअघिको स्मरण गर्दै आफ्नो समाजसेवाको सुरुवात यसरी सुनाए–“मैले पढाउने बुङमतिको विद्यालयमा आएका एकजना आँखा नदेख्ने विद्यार्थी नै मेरो सेवाभावका प्रेरणा हुन । ” आँखाको ज्योति गुमाएका एक जना विद्यार्थीलाइ पढाउन ब्रेल लिपी सिकेको स्मरण गर्दै उनले थपे–“अशक्त र असहायको साहारा बन्ने यो दीनको संकल्प आज साकार भएको छ । पछि कान नसुन्ने र बोल्न नसक्ने विद्यार्थी समेत विद्यलयमा आएको स्मरण गर्दै उनले यस्ता विद्यार्थीलाई शिक्षित बनाउन आफुले सांकेतिक भाषा समेत सिकेको बताए ।”  हातखुट्टा नचल्ने विद्यार्थी भर्ना भएपछि तीनै विद्यार्थीको शिक्षाका लागि भाडाको एउटा कोठाबाट सुरु भएको अभियान अहिलेको अपाङ्ग सेवा संघसम्म आइपुगेको छ । 20160410_125444

जहाँ अपाङ्गता भएका थुप्रै बालबालिकाले आश्रय पाएका छन् । तर आफ्नो र अपाङ्गता भएका बालबालिकाको खुसी खोज्नु दयारामका लागि त्यति सजिलो थिएन र भएन पनि । २७ वर्षअघि सुरु भएको उनको यो सामाज सेवाको यात्रामा थुप्रै समस्या र अभावहरु देखापरे । तर दयारामको दयामा कुनै कमि आएन, जुन यात्रा अहिलेसम्म जारी छ ।20160410_124644

एउटा भाडाको कोठाबाट सुरु भएको समाजसेवाको यो सेवाभाव स्थानीयको सहयोग र सल्लाहमा १८ वर्ष अघि मात्र अपाङ्ग सेवा संघका नाममा संस्थागत भएकोा उनले सुनाए । भाडाको साघुँरो घरमा अपाङ्गताकै कारण साहारा गुमाएका बालबालिकालाइ जीवन दिइरहेका दयारामको दयामा स्विजरल्याण्ड र जर्मनीका केही समाजसेवीको मन जोडिएपछि अहिलेको पक्की भवनमा ५६ जना अपाङ्गता भएकाहरु बस्न पाएका छन् । हुनत, दयारामको दयाको हामी कसैले प्रशंसा गर्नै पर्दैन । बुङमतिस्थित अपाङ्ग सेवा संघ पुग्ने जो कसैले सहज अनुमान गर्न सक्छन । उनको आवाज पछ्याउदै अनेक जिज्ञासा सहित पछि लाग्ने आश्रित बालबालिकाले नै उनले लगाएको गुन र उनको महत्व बुझाउँछन । संघमा कार्यरत कर्मचारी समेत दयाराम सर नहुँँदा थुप्रैले कहाँ जानुभयो ? किन आउनुभएन ? भन्दै जिज्ञाशा राख्ने गरेको बताउँछन । अहिले दयारामको दयामा थुप्रै बालबालिकाको भविश्य कोरिदै छ । कतिपय आँखाको ज्योती गुमाएकाले उज्यालो त कतितपय बोल्न नसक्नेले आवाज पाएका छन् । 20160410_124708

फेरी एकजना सदस्यका रुपमा बाग्लुङका रमेश दमाइ ललितपुरको बुङमतिस्थित अपाङ्ग सेवा संघका नयाँ सदस्यका रुपमा थपिदैछन ।20160410_124754 दयाराम महर्जनको समाजसेवाको यो यात्रा यतिमा मात्रै सिमित छैन, उनले आँखा नदेख्ने विद्यार्थीलाई कम्प्युटरमा परीक्षा दिने प्रविधिको विकास गरेका छन् । ब्रेल लिपीको समेत आफैले विकास गरेका उनले बालबालिकालाई पढाइसँगै संगित, चित्रकला सिकाएका छन् । बालबालिकालाई नियमित योगा र ध्यानको समेत व्यवस्था गरिएको छ ।  20160410_124740अझ अपाङ्गता भएर पनि संसारभर ख्याति कमाएका व्यक्तिका तस्बिर र उनीहरुको जिवनी बारेको आलेख ब्रेल लिपीमा समे राखेर बालबालिकालाइ हौसला दिइरहेका छन् । दयारामको यो सेवाभावलाई अझ विकास र विस्तार गर्न तपाई हामी पनि भुमिका खेल्ने कि ?

तपाईको प्रतिक्रिया