घर्तीको सब अझै नेपाल ल्याइएन

कतार । बेनी नगरपालिका–१३ सोटा म्याग्दी एक युवकको कतारमा असामयिक निधन भएको एक साता पुगेको छ ।
पाँच वर्ष अघि रोजगारिका लागि कतार पुगेका २८ वर्षीय दिलबहादुर घर्ती मगरको कतारमा असामहिक निधन भएको एक साता पुग्दा समेत शब नेपाल ल्याउने प्रक्रिया सुरु भएको छैन् ।

एक हप्ता अघि मृत्यु भएका घर्तीको शव अझै कतारस्थित हमाद अस्पतालमै छ । शव नेपाल ल्याउने बारे प्रक्रिया ढिलाई भएको पारिवारिक श्रोतको दाबी छ । घर्ती कमजोर घरायसी अवस्थाका कारण कतार पुगेका थिए । घर्तीको परिवारमा श्रीमती, एक छोरा, एक छोरी, आमा, बुबा र तीन भाइबहिनी रहेका छन् ।

म्याग्दीवासीको साझा संस्था मोना कतार शाखाले घर्तीको परिवारलाई  बीमालयागत आवश्यक राहत रकम उपलब्ध गराउने बारे नेपाली राजदूतावासमार्फत प्रक्रिया थाल्न नेपाल सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया