मोरङ–चैत २९ । मोरङको बुद्धनगर गाविस ५ मा बम बिष्फोट भएको छ । केही समय अघि भएको बिष्फोटमा परि एक जना गम्भीर घाइते भएका छन् ।
बिष्फोटबाट स्थानीय सोही गाविसका १७ वर्षीय रुपेश मण्डल घाइते भएको प्रहरीले जनाएको छ । घाइते मण्डलको छाति, हात र पेटमा चोट लागेको र कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारि दिएको छ ।
विष्फोटको घटनाबारे छानबिन भइरहेको र छिट्टै घटनाको सत्यतथ्य बाहिर ल्याउने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।