बाघले आक्रमण गर्दा ममता घाइते

पर्सा–चैत २८। जङ्गलमा गाई चराइरहेकी वीरगंज निर्मलबस्तीकी ममता स्याङ्बो बाघले आक्रमण गर्दा सख्त घाइते भएकी छिन् ।
जङ्गलमा गाई चराउदैगर्दा बाघको आक्रमणमा परि सक्त घाइते बनेकी याङ्गबोको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको छ । आक्रमणबाट उनको खुट्टा र कम्मरमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । अस्पतालले अवश्था सामान्य भएको पनि जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया