गर्मी शुरू भएसँगै आगलागीका घटना बढे

काठमाडौं–चैत २९ । पछिल्लो समय आगलागीका घटना बढ्दै गएका छन् । सिन्धुलीको भुवनेश्वरीमा शुक्रवार बिहानदेखि लागेको आगो शनिबार बेलुकासम्म नियन्त्रणमा आउन नसक्दा एक विद्यालयसहित ६० घर जलेर नष्ट भए  । शुत्रवार बिहान ११ बजेदेखि वडा नम्बर ९ को थाङ्ग्रे दलित वस्तीबाट सुरु भएको आगलागी वडा नम्बर १, २, ३, ७ हँुदै वडा नम्बर ६ को जंगलमा प्रवेश गर्दा मानविय संरचना सहति जङगलमा समे1234त आगलागी क्षति पुर्‍यायो । पछिल्लो २ महिनामा सप्तरीमा भएका १८ आगलागीका घटनामा ७९ घर जलेर नष्ट भई करिब ५ करोडको बराबरको धनमाल क्षति भयो । पछिल्लो समय ताप्लेजुङ, महोत्तरी, बर्दिया, सर्लाही, म्यादी लगायत जिल्लामा आगलागीका घटना भए ।  यि त पछिल्लो समय भएका आगलागीका केही उदाहरण  मात्र हुन् । गर्मीशुरूपछि काठमाडौं उपत्यकामा मात्रै १ सय ५० भन्दाबढी आगलागिका घटना भइसकेका छन् । केही समय अघि काठमाडौंको शान्तिनगरस्थित सुकुम्बासी बस्तिमा आगलागी हुँदा बस्तिका टहरा जलेर नष्ट भए । यो बर्ष काठमाडौंमा भएका आगलागीबाट ४ जनाले ज्यान नै गुमाए । आगलागीका घटनाबाट मानविय क्षतिसँगै करोडौको भौतिक तथा आर्थिक क्षति हुने गरेको छ । गर्मी मौसममा शुरुआतसँगै चल्ने हावाहुरीले आगलागीका घटनाहरूमा वृद्धि हुन थालेका  हुन् । आगलागीका घटना न्यूनीकरण गर्न तथा चाडंै नियन्त्रण गर्ने सवालमा आवश्यक साधन स्रोत र चेतनाको अभावका पनि देखिएको जुद्ध बारूणयन्त्रका प्रमुख किशोर कुमार भट्राईले ा जानकारी दिनुभयो । सामान्यतया लोडसेडिङको समय उज्योलोका लागि प्रयोग गरिने बस्तुहरू, लोडसेडिङपछि बिजुली ननिभाउने गर्दा बिजुली आएपछि हुन सक्ने हाइ भोल्टेजका जस्ता कारणले मानव बस्तिमा आगलागीका घटना बढिरहेका छन् । त्यस्तै, आगो जथाभावी सल्काउदा बनजङ्गलमा डढेलोका घटना हुने गरेका छन् । जानकारहरुका अनुसार आगलागी अकस्मात आइपर्ने समस्या भएपनि सचेतना अपनाउन सके कम गर्न सकिन्छ । स्थानिय विकास मन्त्रालयका अनुसार देशका २ सय १७ नगरपालिका मध्ये ८५ वटामा मात्रै दमकल छ । १ सय ३२ नगरपालिका अझै दमकल बिहिन छन् । नेपालमा आग्नी नियन्त्रणका लागि दमकल, दक्ष जनशक्ति तथा अग्नी प्रतिरोधी ग्याँस लगायत उपकरणको अभाव हुँदा जोखिम न्युनिकरणमा समस्या देखिदै आएको छ ।

तपाईको प्रतिक्रिया