यात्रु प्रतिक्षालय बनाउन युवाले थाले अभियान

कञ्चनपुर–चैत २७ । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१ मा रहेको अल स्टार युवा क्लबका युवाले यात्रु प्रतीक्षालय निर्माण गर्न इन्टरनेटबाट आर्थिक सङ्कलन अभियान थालेका छन् ।
स्वदेश तथा विदेशमा रहेका युवाहरुको साथ र सहयोग पाउने अपेक्षा गर्दै इन्टरनेटका माध्यमबाट क्लबका युवाले थालेको अभियानबाट एक लाख १७ हजार ९३५ सहयोग रकम सङ्कलन भएको छ । क्लबका अध्यक्ष मिलन शाहले सङ्कलित रकमबाट कालिका मन्दिरनजिकै यात्रु प्रतीक्षालय निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

रकम सङ्कलनको अभियान जारी भएको भन्दै ठूलो सहयोग पाए गाँउको विकास निर्माणमा योगदान दिने बताउनुभयो । यस्तै, बालबालिकाका लागि खेल मैदान निर्माणसँगै खेल सामग्री उपलब्ध गराउने बारेमा समेत क्लबको आर्थिक संकलन अभियान थालिएको बताउनुभयो ।

Published On:  418पटक हेरिएको

तपाईको प्रतिक्रिया