रामप्यारीका लागि रेखाको दौडधूप, राजेशसँगै रेखाले तताइन् स्टेज

काठमाडौं । नायिक तथा निर्देशक रेखा थापा अहिले आफ्नो पछिल्लो फिल्म रामप्यारीको प्रमोशनमा जुटेकी छन् । कुनै सामाजिक कार्य होस् या सांस्कृतिक कार्यक्रम उनले भनेकै हुनेकै हुन्छिन्–‘रामप्यारी हेरिदिनुपर्‍eeयो ।’
हालै काठमाडौंमा भएको एउटका कार्यक्रममा जब, गायक राजेश पायल राई स्टजमा पुगे, उनले नायिका रेखा थापालाई पनि बोलाए । रेखा पनि स्टेजमा पुगिन् । ‘हामी उठ्ने छौ’ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा रेखा स्टेजमा पुग्ने वित्तिकै राजेश पायलले उनको हात समाए । रेखाले निर्माण गरेको चलचित्र ‘रामप्यारी’ हेरिदिन दर्शकसँग आग्रह गरिन् । यसपछि त के चाहियो र, सुरु भयो सांगीतिक माहोल ।
रेखाले नै संगीत भरेको चलचित्र ‘रामप्यारी’को ‘अर्को जुनी कुन्नी’ बोलको गीत राजेशले गाए । रेखा पनि के कम, राजेशसँगै गीत गाइन् । यो गीतमा रेखाको नै संगीत छ । रेखा र राजेश आफूहरुलाई नजिकका साथी मान्छन् । यसैले पनि रेखाको चलचित्रमा राजेशको स्वर समावेश भएकै हुन्छ । राजेश पनि स्टेज कार्यक्रममा रेखाको चलचित्रको प्रमोशन गर्नदेखि गीत गाउन अगाडि सर्छन् । अब, रेखालाई त अहिले गीत गाउने नशा नै चढेको छ । यसैले पनि उनी देश वा विदेशमा हुने स्टेज कार्यक्रममा, गीत नै गाउँछिन् ।

तपाईको प्रतिक्रिया