खराव तत्वले मधेशी जनता भड्काए : प्रधानमन्त्री

काठमाडौं–चैत २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको नाममा अधिकार माग्दै हिड्ने खराव तत्वहरूले मधेशका जनतालाई भड्काएको आरोप लगाउनुभएको छ । एमाले पार्टी कार्यालय धुम्वाराहीमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले केही तत्वहरूले मधेशका जनताले पाएको अधिकार स्थापित हुन नदिनकै लागि जनता भड्काएको आरोप लगाउनुभयो । ओलीले अनावश्यक कुरामा अल्झेर देशको विकास पछि धकेल्न नहुने बताउनुभयो । जनताको अधिकारका लागि काम गरेका योद्धाहरुको सम्मानमा राज्यले कुनै कसुर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

Published On:  410पटक हेरिएको

तपाईको प्रतिक्रिया