१ करोड २० लाख नक्कली भारू सहित ६ जना पक्राउ

काठमाडौं–चैत २६ । प्रहरीले १ करोड २० लाख नक्कली भारतीय रुपैयाँ सहित  ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गरी नक्कली नोटको कारोवार गर्ने ६ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले मुख्य अभियुक्त पाकिस्तानी नागरिक नदिन महम्मद सहित ईश्वरप्रसाद साह तेली, परमानन्द यादव, दिलबहादुर थापा महादेव 111तिमल्सिना र उमादेवी पाण्डेलाई पक्राउ गरेको हो । प्रहरीले अभियुक्तहरूलाई काठमाडौको ठमेल, बानेश्वर,कलङ्की बल्खु लगायतका विभिन्न स्थानबाट अभियुक्तलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया