चैत २६ । उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग आज साझदेखि सञ्चालन हुने भएको छ । उद्योगको प्लान्ट मेसिनको दाती बिग्रेका कारण २५ दिनदेखि सिमेन्ट उत्पादन गर्न बन्द हुँदै आएको थियो । उद्योगको प्लान्ट मेसिनको दाातीलाई तत्काल भारतमा लगेर मर्मत गरेर ल्याएपछि केही महिनाका लागि उद्योग सञ्चालन हुन सहज भएको कम्पनीले बताएको छ । उदयपुर सिमेन्ट कारखाना बन्द हुँदा दैनिक एक करोड रुपैयाँको बराबर सिमेन्ट उत्पादनमा घाटा हुने गरेको उद्योग प्रशासनको दाबि छ ।