काठमाडौं–२५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सोचेअनुसारको काम गर्न नसकेको स्वीकार गर्नुभएको छ । आफ्नो सरकारी निवास बालुबाटारमा बिहिबार मध्यपश्चिमाअञ्चल विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सोचेजस्तो काम गर्न नसकेको स्किार गर्नुभएको हो ।
धेरै चुनौतीका बीच सरकार गठन भएको भन्दै उहाँले जनअपेक्षाअनुसार काम गर्न नसके पनि आगामी काममा सफल हुने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले अबको दुई बर्षपछि देशले विकास निमार्ण, उर्जा, यातायात, रोजगार लगायतका क्षेत्रमा फड्को मार्ने दाबी गर्दै आर्थीक समृद्धि र पूर्वाधार निर्माणमा विशेष जोड दिइने बताउनुभयो ।
मध्यपश्चिमआञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले विभिन्न ९ बटा पव्लिक क्याम्पसलाई आंगिक बनाउनुपर्ने, अहिले दिदै आएको बजेटलाई वृद्धि गर्नुपर्ने लगायतका माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।