स्ववियु चुनावको माग गर्दै अखिल क्रान्तिकारी

काठमाडौं–२५ चैत । अखिल क्रान्तिकारीले तत्काल स्ववियु चुनाव गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी अखिल क्रान्तिकारीले ७ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तत्काल गराउन माग गरेको हो ।

चुनाव हुन नसक्दा विद्यार्थी संगठन नै संकटमा परेको भन्दै अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले त्रिवि लगायत निकायलाई चाँडो चुनाव गराउन माग गर्नुभएको थियो । अब हुने निर्वाचन स्ववियु निमावलीअन्तर्गत रहेर हुनुपर्ने दाबी गर्दै मल्लले माग सम्बोधन नभए आगामी परिणम भोग्न तयार हुँन पनि सचेत गराउनुभयो ।

यस्तै, राजधानीमा तीन दिन चलेको अखिलको केन्द्रीय पदाधिकारी बैठकले स्ववियु चुनावको तयारीका लागि मूल समिति र उपसमिति समेत गठन गरेको छ । बैठकले विद्यालयको शूल्क मापदण्ड कार्यान्वयन नगरिए संघर्ष गर्ने चेतावनी पनि दिएको छ ।

तपाईको प्रतिक्रिया