आर्मी प्रेसिडेण्ट कपमा पनि पुग्यो फाइनल

बुटवल–२५ चैत । विभागीय टोली त्रिभुवन आर्मी क्लब बुटबलमा जारी सीपीएन यूएमएल प्रेसिडेण्ट कप फुटबल प्रतियोगिताको फाइलनमा पुगेको छ । बिहिबारको सेमिफाइनल खेलमा नवजागृति युवा क्लब सिमरा बारालाई चार–शून्य गोल अन्तरले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो ।

५ औं मिनेटमा फुर्वा तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिएका थिए । २० औं मिनेटमा पदम तामाङले अर्को गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा आर्मीले थप दुई गोल गर्दै चार–शून्यको जित निकालेको थियो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा ३ बिभागीय टिम सहित नेपालका उत्कृष्ट १२ टिम सहभागि छन् ।

विजेता टोलीले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप र मेडल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद ७ हजार ७ सय ७७ सहित कप तथा मेडल पाउने छन् ।

तपाईको प्रतिक्रिया