झापा गोल्डकप फाइनलमा आर्मी

झापा–२५ चैत । त्रिभुवन आर्मी क्लब प्रथम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको डोमालाल रंगशालामा बिहिबार भएको सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई एक–शून्य गोलअन्तरले पराजित गर्दै आर्मीे फाइनलमा पुगेको हो ।

खेलको ११ औं मिनेटमा अमित तामाङले गोल गरी आर्मीलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक–शून्य गोलअन्तरले पछि परेको मनाङले दोस्रो हाफमा थुप्रै गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । खेलमा म्यान अफ दि म्याच आर्मीका विश्वास अधिकारी भए ।

जितसँगै उपाधिका लागि आर्मीले शनिबार झापा एघारसँग प्रतिस्पर्धा गर्नेछ । झापा एघार थ्रीस्टारलाई पराजित गर्दै यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशी रहेको झापा गोल्डकप विजेताले ६ लाख नगदसहित ट्रफी र उपविजेताले तीन लाख नगदसहित ट्रफी पाउनेछन् । प्रतियोगितामा नेपाल र भारतका १० टिमले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया