भब्य भयो, घोडेजात्रा–२०७२ (फोटो कथा)

काठमाडौँ–चैत २५। काठमाडौ उपत्यकामा विभिन्न कार्यक्रम गरि घोडे जात्रा पर्व भब्य रुपमा सम्पन्न भएको छ । अन्य घोडेजात्राले सामान्य मनोरञ्जन दिएपनि नेपाली सेनाले सैनिकमञ्चमा आयोजना गरेको घोडेजात्रा–२०७२ बिशेष आकर्षक थियो ।vlcsnap-2016-04-07-19h41m04s642

हरेक बर्ष जसो यो बर्ष पनि नेपाली सेनाले टुडिखेलमा अश्वकला प्रदर्शन गर्दै घोडेजात्रा मनाएको छ । जात्राको वसरमा सो जम्प, ड्रिल राइड, ग्रुप टेन्ट पेगिङ, क्रस टेन्ट पेगिङ, लान्स हिट प्याक, लान्स, पिक र क्रिज, भल्टिङ र हर्ष ह्यान्डलिङ, सिक्स बार (लेडिज) र रेनफ्री जम्प, डग सो र हेङ्गेरियन पोष्ट प्रस्तुत गरिएको थियो । vlcsnap-2016-04-07-19h39m47s618

साइकल दौड, म्युजिकल राइड र क्रस कन्ट्री जम्पसमेत  प्रस्तुत गरिएको टुडिखेलमा  नेपाली सेनाले टाँगन र चार्जर घोडा दौड तथा नेपाल प्रहरीका तर्फबाट चार्जर घोडा दौड प्रस्तुत गरेका थिए । vlcsnap-2016-04-07-19h45m35s607
सैनिक मञ्च टुडिखेलमा सेनाद्धारा आयोजित अश्वकला अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सभामुख ओन्सरी घर्ती समारोहमा उपस्थित भई घोडेजात्रा कार्यक्रमको अवलोकन गर्नुभयो । vlcsnap-2016-04-07-19h45m09s212

घोडेजात्रा हेर्न उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सैनिक मञ्च टुँडिखेल पुग्नुभएको थियो ।vlcsnap-2016-04-07-19h41m26s721

नेपालमा घोडे जात्रालाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिएर यो अवसरमा घोडाको कौशल एवम् रोमाञ्चक खेल प्रस्तुत गर्ने गरिन्छ । मानिस र घोडाबीचको सम्बन्ध आदिमकालदेखि नै अन्योन्याश्रित रहँदै आएको छ । महाभारतकालीन ठूला युद्धमा समेत घोडाको प्रयोग भएको इतिहास छ । काठमाडौँमा मनाइने घोडे जात्राको भने आफ्नै रोचक कथा छ । vlcsnap-2016-04-07-19h42m37s027

टुँडिखेलको दक्षिण–पूर्वस्थित रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । त्यसबाट पीडित सहरवासीले उसलाई मारे तर फेरि पनि प्रेतात्मा जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भयले गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सिलसिलामा घोडेजात्रा पर्व प्रारम्भ भएको मानिन्छ ।vlcsnap-2016-04-07-19h43m10s203
सहरका कुनै पनि बालबालिकामाथि अनिष्ट नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने चलन रहिआएको छ । सोही घटनाको सम्झनामा काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष चैतकृष्ण औँसीका दिन परम्परागत घोडेजात्रा पर्व मनाइँदै आइएको छ । vlcsnap-2016-04-07-19h39m35s573

यस्तै, मनोरञ्जनात्मक र पशुपन्छीप्रतिको प्रेमभाव देखाउने पर्व पनि हो, घोडेजात्रा । प्राक्काल देखि नै युद्ध, यज्ञादिमा मानवले प्रयोग गर्ने घोडालाई प्रयोग गरेर अश्वकला देखाउने चलन भने राणा प्रधानमन्त्री जुद्ध शम्सेर सुरु गरेका थिए । तत्कालिन राजा सुरेन्द विक्रम शाहको शासनकालमा विक्रम संम्बत १९०६ मंसिर ७ गते रिसल्ला नामबाट स्थापित सेनाको क्याभल्रीको नाम २०६३ सालमा श्री नेपाल क्याभल्री नामाकरण गरिएको थियो । vlcsnap-2016-04-07-19h45m01s777

नेपाली सेना मातहत रहेको श्री नेपाल क्याभलरी युनिटले प्रत्येक वर्ष टुँडिखेलमा हुने घोडेजात्राको संयोजन गर्दै आएको छ । घोडेजात्रा समारोहमा प्रदर्शन गरिने घोडा दौड तथा अश्वकलामा नेपाल क्याभलरीका घोडाको प्रयोग हुने गर्दछन् ।  घोडा प्रयोग गरेर विभिन्न देखाइने विभिन्न कलामा उत्कृष्ट स्थान ल्याउनेलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति तथा प्रधानसेनापतीले पुरस्कृत गर्न परम्पराले पनि निरन्तरता पाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया