हिरो स्कुटी बजारमा

काठमाडौं–चैत २४ । हिरो मोटोकर्पले १ सय ११ सीसीको नयाँ स्कुटर ‘हिरो ड्युएट’ बजारमा ल्याएको जनाएको छ । हिरोको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले बुधबार काठमाडौंमा कार्यक्रम गरी  हिरो ड्युएट स्कुटर सार्वजनिक गरेको हो । vlcsnap-2016-04-06-20h58m44s204

यो स्कुटर नेपालका ७३ वटै स्वरूमबाट खरिद गर्न सकिने जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योतिले जानकारी दिनुभएको छ । भ्याटसहित एक लाख ७१ हजार ५ सय रूपैयाँ मूल्य तोकिएको स्कुटरको ५ वर्ष वारेन्टी रहेको छ । यो मोडेलको स्कुटर ६ रंगमा पाइने कम्पनी दाबी छ ।

यस्तै, यो स्कुटरमा मोबाइल चार्जिङ पोर्ट, रिमोट सिस्टम र बाहिरी भागबाटै तेल हाल्न मिल्ने सुविधा रहेको छ । यस्तै, उच्च मायलेज दिने कम्पनीको दाबी छ

तपाईको प्रतिक्रिया