काठमाडौं–२४ चैत ।
त्रिभुवन विश्वविद्यालय परिसरमा आँखा उपचार शिक्षण अस्पताल स्थापना गर्न लागिएको छ ।
त्रिभुवन विश्वविद्यालय र नेपाल नेत्र ज्याति संघबीच त्रिविमा आँखा सम्बन्धी शिक्षण अस्पताल स्थापना गर्ने सम्झौता भएपछि अस्पताल स्थापनाको ढोका खुलेको हो ।
बुधबार आँखा उपचार केन्द्रको उद्घाटनसँगै संघ र विश्वविद्यालयबीच अस्पताल निर्माण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार शिक्षण अस्पताल निर्माण गर्न विश्वविद्यालय क्षेत्रको १० रोपनी जग्गा प्रयोग हुनेछ ।