‘युगकवि सिद्धिचरण पुरस्कार’ सिक्किमका मुख्यमन्त्री चामलिङलाई

काठमाडौँ–चैत २४ । युगकवि सिद्धिचरण प्रतिष्ठानले २०७३ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ भारतस्थित सिक्किमका मुख्यमन्त्री एवम् वरिष्ठ साहित्यकार पवनकुमार चामलिङलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानका उपाध्यक्ष प्रा. डा मोहन लोहनीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले युगकविको १०५ औँ जन्मजयन्तीको अवसरमा आगामी जेठ ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार रु एक लाख नगद सम्मानपत्र सहितको रहेको छ ।
उनले प्रारम्भिक कविताहरु’ (कविता सङ्ग्रहः १९७८, अन्तहीन सपना:मेरो विपना’ (कविता सङ्ग्रहः १९८५, म को हुँ’(कविता सङ्ग्रहः १९९२ र ‘सिक्किम र नारीको मर्यादा’ लगायत विभिन्न कृति प्रकाशित गरेका छन् ।

तपाईको प्रतिक्रिया