टिभी हेर्न बोलाएर बालिका बलात्कार गर्ने पक्राउ

दाङ–चैत २४ । बालिकालाई बलात्कार गरेको अभियोगमा दाङका एकजना बालक पक्राउ परेका छन् । मङ्गलबार दिउँसो घरमा टिभी हेर्न बोलाएर १३ वर्षीया बालिकालाई बलात्का् गरेको जाहेरीका आधारमा १५ वर्षीय किशोर प्रहरीबाट पक्राउ परेका हुन ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले बलात्कृत बालिकाले आमालाई घटना भनेपछि बालिकाको परिवारले प्रहरीमा किटानी जाहेरी दिएको र जाहेरीका आधारमा आरोपित किशोरलाई पक्राउ गरिएको बताउनुभयो ।
पीडित बालिकाको राप्ती उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Published On:  391पटक हेरिएको

तपाईको प्रतिक्रिया