मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बल्झियो आन्दोलन शृङ्खला

सुर्खेत (वीरेन्द्रनगर) २३ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनासँगै सुरु भएको आन्दोलनको शृङ्खला पुनः दोहोरिएको छ ।
केही महिनासम्म रोकिएको आन्दोलन सबै प्राध्यापक मिलेर उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेपछि सुरु भएको हो । प्राध्यापक तथा विद्यार्थीले आ–आफ्ना माग राखेर सङ्घर्षका कार्यक्रम सार्वजनिकसमेत गरेपछि विश्वविद्यालयको कामकारबाही पैभावित भएको छ ।

यही चैत १९ गते कर्मचारी तथा प्राध्यापकको करारमा लिने विज्ञापन सार्वजनिक गरेपछि प्राध्यापक तथा विद्यार्थी सङ्गठनले आन्दोलन थालेका हुन् । उनीहरुले अविलम्ब सो विज्ञापन रोक्न माग गर्दै सेवा आयोगबाट प्रक्रिया थाल्न सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया