मनाङ मस्र्याङ्दी झापा गोल्डकपको सेमिफाइनलमा

झापा–चैत २३ । रुपन्देही–११ लाई पराजित गरेसँगै मनाङ मस्र्याङ्दी क्लब प्रथम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको  क्वाटरफाइनलमा रूपन्देही एघारलाई ४–१ गोलअन्तरले पराजित गर्दै मनाङ सेमिफाइलनमा प्रवेश गरेको हो । मनाङले पहिलो हाफमै २ गोलको अग्रता लिएको थियो । पहिलो हाफको ३३ औं मिनेटमा मनाङका विदेशी खेलाडी सिस्सोकोले गोल गर्दै अग्रता दिलाएका थिए । नौं मिनेट लगत्तै अर्को गोल गर्दै ओलावालेले अग्रता दोब्बर बनाएका थिए । ओलावालेले ५० औं र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

इन्जुरी समयमा रुपन्देहीका पुकार गहतराजले सान्त्वना गोल फर्काएपनि क्लबलाई हारबाट रोक्न सकेनन र खेल ४–१ गोलअन्तरले मनाङ मस्र्याङ्दी जित्यो । मंगलबारको खेलमा म्यान अफ दी म्याच मनाङका लागि ह्याट्रिक गर्ने खेलाडी ओलावाले भए ।

बुधबार पहिलो सेमिफाइनल खेलमा आयोजक झापा एघार र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।

Published On:  517पटक हेरिएको

तपाईको प्रतिक्रिया