आर्मीलाई सफलता

बुटवल–चैत २३ । विभागीय टोली त्रिभुवन आर्मी क्लब बुटवलमा जारी सीपीएन यूएमएल प्रेसिडेण्ट कप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा विजयी भएको छ ।
आर्मीले फर्साटिकर फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । २९ औं मिनेटमा आर्मीका राजु गुरुङले गोल गर्दै अग्रता दिलाए । ३३ औं मिनेटमा फुर्वा तामाङले गोल गर्दै आर्मीको अग्रता दोब्बर गरेका थिए । दोस्रो हाफमा फर्साटिकर फुटबल क्लबका राम लिम्बुले गोल गर्दै खेल दुई–एकमा पु¥याएपनि हार फर्साटिकले हार रोक्न सकेन ।

बुटवलको रामनगरस्थित मानव ज्ञान माविको खेलमैदानमा जारी प्रतियोगितामा बुधबार हुने सेमिफाइनलमा विभागीय टोली एपीएफ र सुनौलो युवा क्लब रुपन्देहीबीच प्रतिस्पर्धा हुदैछ ।

जारी प्रतियोगितामा तीन विभागीय टोलीसहित नेपालका उत्कृष्ट क्लबको पहिचान बनाएका १२ टिमको सहभागिता रहेको छ ।

Published On:  290पटक हेरिएको

तपाईको प्रतिक्रिया