काठमाडौं–चैत २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्द पोखरेलले सरकार संविधान कार्यान्वयनमा केन्द्रीत रहेको दाबि गर्नुभएको छ । काठमाडौमा आज भएको कार्यक्रममा मन्त्री पोखरेलले संविधान जारी भएपछिको पहिलो सरकार भएकाले संविधान कार्यान्वयन गराउने वातावरण बनाउन लागि परेको बताउनुभयो । पोखरेलले देशमा देखिएका समस्याहरूको संविधान अनुसार नै समाधान गरिने भन्दै उहाँले असन्तुष्ट सबै पक्षलाई संवाद नछाड्न आग्रह पनि गर्नुभयो ।