उत्कृष्ट बालकथा सङ्ग्रह बजारमा

काठमाडौं, चैत्र २३ । बालबालिकाका लागि उपयोगी खुराकका रुपमा संकलन गरिएका उत्कृष्ट बालकथाहरु समेटिएको कृति  ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ बजारमा आएको छ ।
ट्रिनिटी प्रकाशन प्रालि काठमाडौंले प्रकाशन गरेको उक्त सङ्ग्रहभित्र बालकथाकार अमर न्यौपाने1234को ‘पाहुना, शान्ता गौतमको ‘मुस्लेभूत र ममता’, गोपीकृष्ण ढुंगानाको ‘सानो पत्रकार’, शुषमा मानन्धरको ‘फाटेको जुत्ता’, जितेन्द्र रसिकको ‘पेन्सिलको अदालत’, हरिहर तिमिल्सिनाको ‘गन्धे र बास्ने’, ललिता दोषीको ‘जाल’ लगायतका २५ उत्कृष्ट बालकथाहरु समेटिएका छन् ।

यसैगरी, माधव सयपत्री, कमला अत्री, सुदर्शन अधिकारी, अधिकारी कुमार अनल, पेशल आचार्य, धनबहादुर थापा, कार्तिकेय घिमिरे, शम्भु सुस्केरा, छायादत्त न्यौपाने, चन्द्रमा पौडेल, वेदमणी घिमिरे, यशु श्रेष्ठ, श्रीबाबु कार्की उदास, ऋषिराम पाण्डे, रमेश गिरी आशा, नरेन्द्रकुमार नगरकोटी, सवनम थापा, तिलकप्रसाद सापकोटाका  बालकथा समेटिएका छन् ।
बालकथाकार तथा सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको सम्पादनमा रहेको यो कृति बालबालिकाहरुले एकपटक पढ्नै पर्ने कृतिका रुपमा प्रकाशन गरिएको छ । आकर्षक आवरणमा रहेको यो बाल कथा सङ्ग्रह  आवरणसहित १ सय १६ पृष्ठको । सम्पादक ढुंगानाले पुरानादेखि नयाासम्मका बालकथाकारका बालकथा समेटेर क्रमश: अन्य अंकहरु पनि प्रकाशन गर्ने जानकारी दिए । कृतिको मूल्य ९५ रुपैयाा रहेको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush