माधवले यो माया तिमै हो भने सम्पदालाई….

 काठमाडौ–चैत २३ । केही बर्षदेखि विभिन्न टेलिचलचित्र, नाटकमा अभिनय गदै आएका माधव त्रिपाठी यो माया तिमै हो भन्दै मोडल सम्पदा बनियाँ संग एक नयाँ म्युजिक भिडियो मार्फत रंगमञ्चमा देखिएका छन् । केही दिन अघि मात्र राजधानीका विभिन्न रमणीय स्थानमा खsadचिएको यस भिडियो मार्फत माधव रंगमञ्चमा आफूलाई उभ्याउन लागि परेका ह्ुन् । गायक कमलमान सिंहको यो माया तिम्रै हो को रिमेक गीतबाट उनले मोडलिङमा डेव्यु गरेका हुन् । एडिवाई पोडक्सनले बजारमा ल्याएको यस म्युजिक भिडियोमा माधवलाई मोडल सम्पदा बनियाँले साथ दिएकी छिन् । त्रिपाठीले यसअधि नै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय कार्यक्रम किलो ट्याङ्गो माsabbbbbइकमा समेत अभिनय गरिसकेका छन् । भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका छन् । माधवको लागि पहिलो म्युजिक भिडियो भएपनि काम गर्न एकदमै सजिलो भएको निर्देशक अधिकारीले बताउनुभयो । त्यस्तै, मोडल बनियाँले पनि माधवसंग काम गर्दा नयाँ जस्तो अनुभव नै नहुने तर्फ गरेकी छिन् । त्यसो त त्रिपाठी एक कुसल नृत्यकार समेत हुन् ।

Published On:  480पटक हेरिएको

तपाईको प्रतिक्रिया