नेपालका बालबालिका बेलायतमा दासको रूपमा बेचिदै

  काठमाडौं–चैत २३ । बेलायबाट प्रकाशित हुने द सन पत्रिकाले नेपालका भूकम्पपीडित बालबालिकालाई विभिन्न माध्यमबाट बेलायत पुर्‍याएर बेचिने गरेको तथ्य सार्वजनिक गरेको छ ।  उक्त पत्रिकाले नेपालका भूकम्पपीडित बालबालिकालाई बेलायत पुर्‍याएर घरेलु दासका रुपमा बेच्ने गरिएको खुलासा  गरेको हो । द सनका अनुसार नेपाल र भारतका १० वर्षभन्दा कलिला बच्चा भारतको पन्जाब प्रान्तस्थित जालन्धरबाटxxxबाट सञ्चालित गिरोहले बालबालिका बच्ने काम गरिरहेको छ । पत्रिकाका अनुसार बेलायती धनाढ्यहरूले बच्चाहरुलाई थारै पैसामा किनेर नोकर बनाउने गरेका छन् । पत्रिकाका अनुसार बालबालिका बच्ने गिरोहले नेपालका मात्र नभई भारतका बालबालिका पनि बच्दै आएका छन् । द सनले आफ्नो अनुसन्धानका आधारमा नेपाली र बिहारका बालबालिकालाई ५ लाख भारु अर्थात ५ हजार २ सय ५० पाउण्डमा बेचिएको दाबी गरेको छ । बालबालिकालाई बिक्री गर्ने गिरोहको नाइके मख्खन सिंह नाम गरेका भारतीय भएको समाचारमा जनाइएको छ । उनी भारतको जालन्धरमा बस्छन् । मख्खनको समूहले बालबालिकालाई धर्मपुत्र र पुत्री वा अन्य वहना बनाई बालबालिकालाई बच्ने गरेको छ । ग्राहकको भेषमा जालन्धरमा पुगेका द सनको टोलीलाई मख्खनले बालबालिका पनि भेटाएका थिए । उनीहरुमध्ये १० वर्षका अमृत, १२ वर्षकी पूजा र १३ वर्षकी सुस्तीरामलाई उनले पालैपालो उठाएर आफ्नो नाम र उमेर भन्न लगाएका थिए । उक्त पत्रिकाका अनुसार खरिद–विक्रीको कागजी सम्झौता भइसकेपछि नेपाली  बालबालिकाहरुलाई लैजाने कागजात तयार नभएसम्म उनीहरूकै गोप्य ठाउँमा  थुनेर राख्ने गरिन्छ । त्यतिञ्जेलमा उनीहरुलाई विभिन्न घरायशी कामहरु सिकाइन्छ ।

तपाईको प्रतिक्रिया