समस्या समाधान गर्न उम्मेद्वारी दिएको हुँ : देउवा

काठमाडौं–चैत २३ । नेपाली कांग्रेसका सभापति शेरशादुर देउवाले संविधान कार्यान्वयनका लागि आफूले संसदीय दलको नेतामा भाग लिएको बताउनुभएको छ । संसदीय दलको  मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन र मधेश समस्या समाधानको लागि आफुले उम्मेद्धारी दाबि गर्नुभयो । त्यस्तै, संसदिय दलको नेताका अर्का उम्मेद्धार नेता रामचन्द्र पौडेलले पार्टी एकता गर्ने जिम्मा सभापतिको भएको भन्दै जिम्मेबारीको उचित बाँडफाङ गरे मात्र पार्टी एकता हुने जिकिर गर्नुभयो । नेता पौडेलले पार्टीको आन्तरिक एकता र पार्टी तथा देशका तमाम समस्या समाधानको लागि आफुले उम्मेद्धारी दिएको प्रतिक्रिया पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया