काठमाडौँ–२२, चैत।
नेपालको विषयमा ईयू र भारतले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिले नेपालको राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गर्न खोजेको राजनीति दल तथा विज्ञहरुले बताएका छन् ।
काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा भएको छलफलका बक्ताहरुले यस्तो विचार व्यक्त गरेका हुन् । कार्यक्रममा सबै माओवादी घटकका नेताहरुले आफ्ना धारणा राखेका थिए । विप्लव माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, एमाओवादी पोलिट्ब्युरो सदस्य विश्वभक्त दुलाल, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरीभक्त कँडेल, सिमाविद् बुद्धिनारायण श्रेष्ठ, वामबुद्धिजीवि डा. ऋषिराज बराल लगायतका बक्ताहरुले ईयू र भारतको संयुक्त विज्ञप्तिप्रति घोर आपत्ति जनाएका छन् ।
कार्यक्रम विप्लव नेतृत्वको नेकपा माओवादी निकट देशभक्त जनवादी मोर्चाले आयोजना गरेको हो ।