विचार नभएका मधेसवादीदलहरु पातलिंदै : चौधरी

काठमाडौ–२२, चैत । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का उपमहासचिव जनक चौधरीले मधेसवादी दलहरुसँग कुनैपनि विचार नभएको भन्दै उनीहरुको संख्या पातलिंदै गएको ठोकुवा गरेका छन् । Aranikoma Chaudharii

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाईद्धारा आयोजित स्व.रामबहादुर तामाङको श्रदाञ्जली कार्यक्रममा उनले मधेसवादी दलसँग आबद्ध मानिसहरुपनि विस्तारै ती पार्टीबाट किनारा लाग्ने दाबी गरे । उनले भने, ʽजतिपति क्षेत्रिय र मधेसवादी दलहरु छन्, उनीहरुसँग विचार छैन । कुनैपनि पार्टी चल्न विचार चाहिन्छ । विचार नभएको मधेसवादीदलहरु पातलिंदै जान्छन् ।ʼ
मधेसवादी दलहरुको कुनै लक्ष्य पनि नभएको भन्दै चौधरीले ती दलसँग आबद्ध मानिसहरु धेरै समय उनीहरुको विश्वासमा नरहने बताए । चौधरीले भने, ʽउहाँहरु कोहि पूर्व कम्युनिष्ट, कोहि पूर्व कांग्रेस लगायत विभिन्न पृष्ठभूमिको जमघट हो । यो अस्थाई हो । सबै विचारबाट अलग भएर एक्लाएक्लै मान्छेले निर्माण गर्ने पार्टीले अंगिकार गर्ने दर्शनबाट कोहि मानिसको घरमा परिवर्तन हुँदैन । परिवर्तन नहुँदा मानिसहरु किनारा लाग्नेछन् ।ʼ

स्व. तामाङ परिवारलाई नगद प्रदान र बालबच्चाको शिक्षादिक्षामा जिफन्टले सहयोग गर्ने

कार्यक्रममा इकाई समिति र जिफन्टका तर्फबाट अरनिको इकाइ कमिटिका उपाध्यक्ष स्व।रामबहादुर तामाङको परिवारलाई ७० हजार रुपैया प्रदान गरिएको थियो । Nagad Hastantaran

नगद हस्तान्तरण गर्दै महासंघ उपमहासचिव चौधरीले स्व.तामाङको एक बालबालिकालाई जिफन्टले शिक्षादिक्षाको प्रबन्ध गर्ने घोषणा गरेका थिए । स्व. तामाङ एक इमान्दार, लगनशील, मेहनती र सामाजिक कार्यमा पनि उत्तिकैरुपमा सक्रिय थिए ।

तपाईको प्रतिक्रिया