तेक्वान्दो खेलाडीलाई सम्मान

काठमाडौं–२२ चैत । १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा अन्तर्गत तेक्वान्दो खेलमा पदक जित्न सफल खेलाडी सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघले काठमाडौमा कार्यक्रम गरी भारतमा सम्पन्न दक्षिण एशियाली खेलकुद सागमा तेक्वान्दो तर्फ बिभिन्न तौल समुहमा पदक जित्न सफल खेलाडीलाइ नगद सहित सम्मान गरेको हो । vlcsnap-2016-04-04-20h35m26s829
नेपालको लागि बिर बहादुर महराले ६३ केजी मुनि, सक्षम कार्कीले ८० केजी मुनि, रेजिना कार्कीले ४६ केजी, यान कुमारी चौलागाईले ४९ केजी, निमा गुरुङले ५३ केजी तौल समूहमा रजत पदक दिलाएका थिए । सागमा ज्ञानी चुनाराले ५७ केजी, आयशा शाक्यले ६२ केजी, सुनिल पौडेलले ५८ केजी मुनि, निश्चलमान श्रेष्ठले ७४ केजी मुनि र रामहरी महतले ८७ केजी मुनि तौल समुहमा रजत पदक जितेका थिए । यस्तै, सुनिल पौडेलले ५८ केजी मुनि, निश्चलमान श्रृेष्ठले ७४ केजी मुनि र रामहरी महतले ८७ केजी मुनिको तौल समुहमा नेपाललाइ कास्य पदक दिलाएका थिए ।
तेक्वान्दो संघले रजत पदक जित्ने खेलाडीलाइ जनही नगद १७–१७ हजार तथा कास्य पदक जित्ने खेलाडीलाइ जनही नगद १०–१० हजार रुपैया सहित सम्मान गरेको हो । पदक बिजेता खेलाडीलाइ युवा तथा खेलक्ुद मन्त्री सत्यनारायण मण्डलले सम्मानित गर्नुभएको थियो ।
नेपालका तर्फबाट प्रतियोगितामा सहभागि भएका १३ खेलाडीमध्ये १० जनाले पदक जित्न सफल भएका थिए । सो अवसरमा प्रतियोगितामा सहभागी अन्य खेलाडी तथा प्रशिक्षकलाई पनि सम्मानित गरिएको छ ।

तपाईको प्रतिक्रिया