टी–२० बिश्वकपको टिम अफ द टुर्नामेन्ट घोषण

काठमाडौं–चैत । अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसिले भारतमा सम्पन्न टी–२० बिश्वकपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाइ समेटेर पुरुष तथा महिलाको टिम अफ द टुर्नामेन्ट घोषण गरेको छ ।

आइसिसिले आज सार्वजनिक गरेको पुरुष टिमको कप्तानको जिम्मेवारी भारतीय क्रिकेटर बिराट कोहलीलाइ दिएको छ । भारतको तर्फबाट कोहलीसंगै बलर आशिष नेहरा पर्न सफल भएका भन् । पुर्व क्रिकेट खेलाडी तथा क्रिकेट कमेन्टेटरको छनौट कमिटीले छनौट गरेको टिममा सवैभन्दा बडी इंग्ल्याण्डका चार खेलाडी पर्न सफल भएका छन् ।

इंग्लाण्डका छनौट भएका खेलाडीहरुमा जोए रुट, जस बट्लर, ज्यासन रोय र डेभिड व्ँली रहेका छन् । त्यस्तै बिजेता वेष्ट इण्डिजका स्यामुएल बद्री र आन्द्रे रसेल, दक्षिण अफ्रिकाका बिकेटकिपर क्वीन्टन डि कक, अष्ट्रेलियाका शेर्न वाट्सन र न्युजिल्याण्डका मिचेल स्टान्टर पनि टिम अफ द टुर्नामेन्टको सुचिमा पर्न सफल भएका छन् ।

बंगलादेशका मुस्ताफिजुर रहमान भने वैकल्पिक खेलाडीको सुचिमा परेका छन् । आइसिसिले छनौट गरेको टिममा भने भारतीय कप्तान महेन्द्रसिंह धोनी र वेष्ट इण्डिजका बिष्फोटक ब्याट्सम्यान क्रिश गेल स्थान बनाउन सकेनन् ।

महिला टिममा भने आइसिसिले वेष्ट इण्डिजकी स्टेफानी टेलरको कप्तानीमा टिम घोषण गरेको छ । महिला टिममा न्युजिल्याण्डको ४, वेस्ट इष्डिज, इंग्ल्याड र अष्ट्रेलियाको २–२ तथा दक्षिण अफ्रिकाकी १ जना खेलाडी छनौटमा परेका छन् ।

तपाईको प्रतिक्रिया