कांग्रेस संसदीय दलको नेता निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं–चैत । नेपाली कांग्रेसको संसदीय दलको नेता निर्वाचनका लागि आगामी बुधबार विहान ११ बजेदेखि मतदान हुने भएको छ । कांग्रेस संसदीय दलले पेश गरेको विधान संशोधनको प्रस्ताव केन्द्रीय कार्यसमितिले अनुमोदन गरेसँगै निर्वाचनको कार्यक्रम पनि सार्वजनिक भएको हो ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि २४ गते र दल कार्यसमितिका लागि २६ गते निर्वाचन हुँदैछ । दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल प्रतिस्पर्धी छन् । संसदीय दलको नेता पदमा उम्मेदवारी दिनका लागि मंगलबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजे सम्मको समय तोकिएको छ ।

यस्तै, उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार नै १२ः३० बजे गरिने, १२ः३० बजेदेखि १ बजेसम्म नामावलीमाथीको दाबी विरोध, १ बजेदेखि १ः३० बजेसम्म दोस्रो नामावली प्रकाशन, १ः३० बजेदेखि २ बजेसम्म नाम फिर्ताको समय र अन्तिम नामावली प्रकाशन २ बजे गरिने कार्यतालिका छ । मतदान २४ गते बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।

यस्तै, संशोधन गरिएको विधान अनुसार कांग्रेसले अन्तरिम संविधानको ठाउँमा नेपालको संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका संसद, विकास क्षेत्रको सट्टा प्रदेश लगायतको परिमार्जन गर्नेछ । संबैधानिक व्यवस्था अनुसारको समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अनुसार दलित, जनजाति, खस आर्य, थार, मुस्लिम, पिछडिएको क्षेत्रबाट उम्मेदवार हुने गरी १५ सदस्यीय कार्यसमिति बनाइनेछ छ ।

तपाईको प्रतिक्रिया