प्रहरीको नाममा ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं–२२ चैत । काठमाडौंका विभिन्न पसलमा प्रहरी भन्दै छापा मार्न जाने नक्कली प्रहरीको गिरोह सक्कली प्रहरीको फन्दामा परेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंका विभिन्न पसलमा प्रहरी भन्दै छापा मार्न जाने नक्कली प्रहरीको गिरोहलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले प्रहरीको नाममा विभिन्न पसलमा छापा मार्ने, मुद्धा मिलाइदिन्छु भनी ठगी गर्ने गिरोहलाई पक्रउ गरेको हो । प्रहरीबाट पक्रउ पर्ने अभियुक्तमा गुल्मीका दिपक भनिने टोपबहादुर कुँवर, मोरङका सुनिल चौधरी, काभ्रेका गोबिन्द चौलागाँई र प्युठानका निमबहादुर कुवँर रहेका छन् । क्यासिनो जाने लत लागे पछि पैसा कमाउन ठगी गर्ने उद्देश्यले गुल्मीका टोपबहादुर कुवँरले प्रहरी भन्दै पाँच जनाको समुह बनाएको र त्यही समुहले प्रहरीको नाममा ठगी थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार ठगीका नाईके दीपकले एक महिना अघि लाजिम्पाटस्थित बोटल क्लिएर्स नामको मादिरा पसलबाट १२ वटा ब्ल्याक लेबल खरिद गरी मदिरा आफु नखाने भन्दै बेच्न ठमेल स्थित यु एण्ड यु इन्टरप्राइजेज पुगेका थिए । ४ हजारको दरमा इन्टरप्राइजेजमा विक्रि गरेको मदिरा चोरीको भन्दै उनका अन्य चार जना सहयोगी नक्कली प्रहरी बनेर यु एण्ड युमा पुगेका थिए । उक्त गिरोहले ब्ल्याकलेबलसँगै चोरीको सामानमा कार्बाही हुने भन्दै पैसा मागेकोको पाइएको छ ।
यस्तै, सामाखुशीको वाइन सेन्टर तथा कलंकी, वानेश्वर लगाएतका पसलहरुमा ठगी भएको सूचनाका आधारमा प्रहरीले पछि यो गिरोहको खोजी थालेको जानकारी दिएको छ । गिरोहले चोरी मुद्धा मिलाईदिने भन्दै चाबहिलका एक जना व्यक्तिसँग १ लाख रुपैयाँ लिएको प्रहरी दाबी छ ।

उनीहरुका साथबाट प्रहरीले क्यासीनोमा प्रवेशका लागि बनाइएको भारतीय निर्वाचन आयोग तथा आयकर विभागको नक्कली परिचय पत्र बरामद् गरेको छ ।

तपाईको प्रतिक्रिया