नक्कली समस्या सृजना गर्ने आफै सकिन्छन् : प्रधानमन्त्री

काठमाडौं–चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पक्षले नक्कली समस्या सृजना गरेर देशलाई दुख दिने काम गरेको बताउँदै नक्कली समस्या सृजना गर्नेहरू आफै समाप्त भएर जाने बताउनु भएको छ  । काठमाडौंमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओ123लीले देशलाई अस्थिरतातिर लैजानेहरूले नक्कली सृजना गरिरहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा ओलीले सरकारका गतिविध बारे भएका अनावश्यक हल्लाका पछि नलाग्न पनि आग्रह गर्नुभयो । सरकार विद्यमान समस्या समाधान गर्न पनि जिम्मेवार भएर लागिरहेको प्रधानमन्त्रीको ओलीको भनाइ छ ।

तपाईको प्रतिक्रिया