निजी आवासको काम प्रभावकारी बनाउन भन्दै १० जिल्लामा विज्ञ परिचालन

काठमाडौं–२२ चैत । गत वैशाखको भूकम्पबाट अति प्रभावित १० जिल्लामा निजी आवासको काम प्रभावकारी बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विज्ञ टोली खटाएको छ । प्राधिकरणका अनुसार आजैदेखि रसुवा, नुवाकोट र धादिङमा ध्रुव शर्मा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा डा.चन्द्रबहादुर श्रेष्ठ, गोरखा र मकवानपुरमा डा. हरिराम पराजुली र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा डा. विष्णुप्रसाद भण्डारीलाई खटाइएको छ । Bhukampa-asar-Sindhu.jpg
निजी आवासलाई अन्य संरचना जस्तै टिकाउ र प्रतिरोधी बनाउने गरि पुनःनिर्माणको काम प्रभावकारी बनाउन स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधिसँग समन्वय र आवश्यक छलफलका लागि विज्ञ खटाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताउनुभयो ।

पुनर्निर्माण अभियान दोलखाबाट सुरु
पुनर्निर्माण अभियान दोलखाबाट सुरु

प्राधिकरणले विज्ञ परिचालनको काममा व्यस्त भएको कारण देखाउँदै आइतबारबाट आठ जिल्लाका एक/एक गाविसमा अनुदान पाउने लाभग्राहीको अनुदान सम्झौताको प्रक्रिया सुरु नगरि चैत २८ गते आइतबारबाट मात्र प्रक्रिया सुरु गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया