विदेशी नागरिकको हत्या गरि २० बर्षदेखी फरार अभियुक्त पक्राउ

काठमाडौं–२१, चैत ।
इटालियन नागरिकको हत्या गरी २० बर्षदेखी फरार रहेका एक अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी)ले प्रक्राउ गरेको छ । सीआईबीले आइतबार कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त मनाङ नावल गाविसका टासी गुरुङलाई सार्बजनिक गरेको हो ।

अभियुक्त टासी गुरुङ
अभियुक्त टासी गुरुङ

अभियुक्त र नीजको अपराध अनुसन्धानको सफलता बारे पत्रकारसम्मेलनमा व्यूरोका प्रमुख नवराज सिलवालले लामो समयदेखी फरार गुरुङ पक्राउ पर्नुलाई ठूलो सफलता भन्दै अपराध गर्नेहरु परिचय लुकाएर जहाँ कहि पुगेपनि उम्कन नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–अनुसन्धानबाट यथेष्ट प्रमाण जुटाउन समय लाग्ला तर कोहीपनि अपराधी उम्कन पाउँदैनन, प्रहरी अपराधीलाई कानुनी दायरामा ल्याएर बिधिको शासनको पालनामा प्रतिबद्ध छ ।
अभियुक्त गुरुङ २०५२ असोज २७ मा ठमेलमा इटालिएन नागरिक डेभिड क्यारारोको हत्या गरि नक्कली कागजपत्र बनाएर अमेरिकामा लुक्दै आएको प्रहरीको भनाइ छ । तीन वर्ष अघि नेपाल आएको सूचना पाएपछि पछ्याएको प्रहरीले लामो अनुसन्धानपछि अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । अभियुक्त गुरुङले नक्कली कागजपत्रका आधारमै अमेरिकी पीआर समेत लिएको प्रहरी दाबी छ । vlcsnap-2016-04-03-19h25m29s919

नीज उपर सरकारी छाप दस्तखत कीर्ते, राहदानी ऐन, नागरिकता ऐन र कर्तब्य ज्यान अन्तर्गत कानुनी कारबाही अघि बढाइएको सीआईबीले जनाएको छ । संलग्न अन्य अभियुक्त बारे अनुसन्धान भइरहेको र छिट्टै सफलतामा पुग्ने दाबी प्रहरीको छ ।

तपाईको प्रतिक्रिया