बखेण्डा झिकेर जनतालाई दुख नदिन उपप्रधानमन्त्री मैनालीको आग्रह

काठमाडौं– चैत २१ । उपप्रधान मन्त्री सीपी मैनालीले अनावश्यक बखेण्डा झिकेर देशलाई अशान्त पार्ने काम नर्गन मधेशवादी दलहरूलाई आग्रह गर्नुभएको छ । काठमाडौमा आइतबार भएको कार्यक्रममा उपप्रधानमन्त्री मैनाली जनता भा123वना विपरित विभिन्न बखेण्डा झिकेर देशलाई अशान्त नपार्न आन्दोलनरत मधेशवादी दललाई आग्रह गर्नुभएको हो । मैनाली संघीयताको विषय संवेशनशील भएकाले राजनीति संयन्त्र वा विज्ञहरूको समूहबाट यसको टुङ्गो लगाउनुपर्ने बताउनुभो । त्यस्तै, कायक्रममा तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले सरकारले माग सम्बोधन नगरे बैशाखबाट पून आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । अध्यक्ष यादवले सरकारले मधेशका माग सम्बोधन गर्नमा आवश्यक चासो नदिएको आरोप समेत लगाउनुभयो ।

तपाईको प्रतिक्रिया