धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतिको हत्या

चैत २१ । काभ्रेपलाञ्चोक जिल्लामा एक श्रीमान आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । गएराति जिल्लाको पनौती नगरपालिका वडा नं १३ स्थित पस्थलीका ३४ वर्षीय रामशरण थापाले २८ वर्षीया श्रीमती सम्झना थापाको हासिया र बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न थापा घरमा नै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनका दुई छोरा छन् ।  प्रहरीले घरायसी झगडाका कारण सो घटना भएको आशङ्का गर्दै अनुसन्धान जारी रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया