देखाउन मात्रै बोट बिरूवा

काठमाडौं–चैत २० । प्राय सधै भत्किएका र बिग्रिएकै अवस्थामा रहने काठमाडौंका सडक कोही विदेशी पाहुना आउँदा मात्र सिगारिनु वा पूनर्निर्माण हुनु नौलो कुरा होइन ।  झण्डै डेढ बर्षअघि नेपालमा सार्क शिखर सम्मलेनका बेला काठमाडौंका मुख्य सडकका दायाँ बायाँ गमलामा हरिया बिरुवा र फुलहरु रोपिए, त्यो पनि राता रात । त्यसवेला सहरको सौन्दर्य बढ्दा विदेशीमात्र होइन नेपाली जनता पनि खुसि भsadkए । तर अहिले त्यो सुन्दरता मेटिएको छ ।

रोपिएका बोटविरुवा गोडमेल र सिंचाइ अभावमा अहिले सुकेर कामै नलाग्ने अवस्थामा पुगेका छन् । सर्वसाधारणले सडकमा रोपिएका बोट विरुवाको संरक्षण नभएको गुनासो गरेपनि काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन विभाग भने सडक किनाराका बोटविरुवाको संरक्षण भइरहेको दावी गर्न पछि पर्दैन । कोही बिदेशी पाहुनालाई देखाउन ठुलो धनरासी खर्चेर बनाइएका यस्ता संरचनाको दीर्घकालिन संरक्षणमा बेवास्ता हुने गर्दा राज्यको लगानी त खेर जान्छ नै शहरको स्वरुपमा पनि सकारात्मक परिवर्तन हुन सक्दैन । त्यसैले शहर सफा राख्न सरकारी निकाय र नागरिकस्तरबाट उतिकै सजग हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया