काठमाडौं–चैत २० । सूचना तथा संचारमन्त्री एंव सरकारका प्रवक्ता शेरधन राईले संविधान कार्यान्वयनको सबै दलहरू एकजुट हुनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रमा मन्त्री राईले संविधान कार्यान्वयन जटिल विषय भएकाले सबै राजनीतिक दलहरू संीवधान कार्यान्वयनमा एक हुनुपर्ने बताउनुभयो । राईले सञ्चार माध्यमलाई जवाफदेही र जिम्मेवार बनाउनु आवश्यक रहेको समेत बताउनुभयो ।