काठमाडौं–चैत २० । चक्रपथको २७ किलोमिटर सडक ८ लेनको बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको तयारी अनुसार चक्रपथको अबको १० बर्ष भित्र पु्रै चक्रपथ ८ लेनको बन्ने भएको हो । चीन सरकारको सहयोगमा विं सं २०७० मा सुरु भएको कलङ्की–कोटेश्वर १०.३९ किमी सडक आठ लेन बनाउने काम भने अबको डेढ बर्ष भित्र सकिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बाँकी १७ किमी चक्रपथ पनि आठ लेन बनाउनका लागि थप सहयोग गर्न चीन सरकार सहमत भएपछि १० वर्ष्भित्र चक्रपथ आठ लेनको बनाइने भएको हो ।