कस्को पोल्टामा पर्ला ट्वान्टी–ट्वान्टी विश्वकपको उपाधि

चैत २० । ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको छैठौ संस्करणको उपाधि कुन राष्ट्रले जित्ला सबैको चासोको विषय बनेको छ यतिबेला । गत फागुन २५ गते सुरु भएको विश्वकपको यात्रामा फाइलनसम्म आइपुग्दा निकै रोचक र विश्व कीर्तिमान पनि कायम भएका छन् । फाइनल यात्रा तय गर्दा वेष्ट इन्डिजले बलिया राष्ट्रलाई पराजित गर्‍यो भने एसोसिएट राष्ट्रसंग नमिठो हार ब्यहोरेको थियो । सुपर टेनअन्तर्गत पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा साविक विजेता श्रीलंकालाई index७ विकेटले पराजित गरेको वेष्ट इन्डिजले तेस्रो खेलमा दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पारेको थियो । सुपर टेन अन्तर्गत अन्तिम खेलमा वेष्ट इन्डिज अफगानिस्तानसंग ६ रनले पराजित भएको थियो । सेमिफाइनलमा आयोजक भारतमाथि ७ विकेटको शान्दार जित हात पार्दै वेष्ट इन्डिज फाइनलमा प्रवेश गरेको हो । यता, इंग्ल्याण्डले भने आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसंग ६ विकेटको हार ब्यहोरेको थियो । सुधारिएको प्रदर्शन गर्दै इंग्ल्याण्डले दोस्रो खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा अफगानिस्तानलाई १५ रनले पराजित गरेको थियो । सुपर टेनअन्तर्गत अन्तिम खेलमा साविक विजेता श्रीलंकालाई १० रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको थियो । इंग्ल्याण्डले अब्बल राष्ट्र न्यूजील्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अहिलेसम्म ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा वेष्ट इन्डिज र इंग्ल्याण्ड ४ पटक भेट भएका छन् । जसमध्ये सबै खेलमा वेष्ट इन्डिजले बाजी मारेको छ । सन् २००७ सालदेखि सुरु भएको क्रिकेटअन्तर्गत ट्वान्टी–ट्वान्टी सन् २०१६ विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा आइतबार वेष्ट इन्डिज र इंग्ल्याण्ड भीड्दै छन् ।

तपाईको प्रतिक्रिया