लघु जलविद्युत आयोजनाको बिजुली अब विद्युत प्राधिकरणले किन्ने

काठमाडौं–१९, चैत ।
नेपाल विद्युत प्राधिकरणले स्थानिय जनताको प्रयासमा गाउँघरमा सञ्चालीत लघु जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) सुरु गरेको छ । प्राधिकरणले एकैपटक २ वटा लघु जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता गरेर पीपीएको सुरुवात गरेको हो ।
नुवाकोटको सिक्रे गाविसस्थित २३ किलोवाट क्षमताको स्याउरेभूमि लघु जलविद्युत आयोजना र धनकुटाको मारेक कटहरेमा रहेको ४० किलोवाट क्षमताको लेगुवा खोला लघु जलविद्युत आयोजना र प्राधिकरणबीच बढी भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सहमति जुटेको हो । दुई आयोजनाको बिजुली वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ६० पैसामा खरिद गरिने र प्रत्येक बर्षको लागि ३ प्रतिशतका दरले पाँच पटकसम्म मूल्य वृद्धिसहितको विद्युत खरिद दर मान्न दुबै पक्ष सहमत हुने सम्झौतामा उल्लेख छ ।
यो सम्झौताले देशभरका १५ सय भन्दा बढी लघु जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने बाटो खुलेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निकै अघिदेखि नै प्राधिकरणसँग लघु जलविद्युतको बिजुलीलाई प्रसारण लाइनमा जोड्न पहल गर्दै आएको थियो ।

Published On:  424पटक हेरिएको

तपाईको प्रतिक्रिया