काठमाडौं–चैत १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जारी पछि महिलाको हक अधिकार संस्थागत भएको दाबि गर्नुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा राष्ट्रपति भण्डारी संविधान तोकेरै महिलालाई हक अधिकार दिइएको भन्दै अब महिलाहरू उद्यमशिलतातर्फ केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । । राष्ट्रपति भण्डारीले अन्र्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गदै राजनीतिक आन्दोलनले स्थापित गराएका महिला अधिकारहरु संविधानले संस्थागत गर्नु ऐतिहासिक उपलब्धि भएको बताउनुभएको हो । राजनीतिक अधिकार प्राप्तीपछि महिलाहरु आर्थिक समृद्धिमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।