झापा गोल्डकप शुरू

चैत १८ । मौफसलकै सर्वाधिक पुरस्कार राशीको प्रथम झापा गोल्ड कप फुटबल प्रतियोगिता आज झापाको विर्तामोडमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा झापा–एघारले साङ्ली डीएफए महाराष्ट्र भारतलाई ९–० गोलअन्तरले पराजित गरेको छ । डोमालाल रङ्गशालामा भएको खेलमा झापालाई फराकिलो गोलअन्तरले विजयी गराउन कर्ण लिम्बूले ५ गोल गरेका थिए । खेलको तेस्रो मिनेटमा झापाका सुमिन मैनालीले गोल गर्दै सुरुवाती अगैता दिलाएका थिए । पहिलो हाफमै झापाले ८–० को अग्रता बनाएको थियो । पहिलो हाफको १३ औं, २० औं, २७ औं, ३३ औं र ५७ औं मिनेटमा कर्ण लिम्बुले गोल गरेका थिए । त्यस्तै, संजोग राईले १६ औं, योगेश गुरुङले २५ औं र नगेन लिम्बूले ३१ औं मिनेटमा गोल गरेका थिए । शुक्रबार नेपाल पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद् परिषदका सदस्य सचिव केशबकुमार विष्टले गरेका थिए । झापा जिल्ला फुटबल सङ्घको आयोजना भएको प्रतियोगिताका विजेताले नगद ६ लाखसहित ट्रफि र मेडल पाउने छ । त्यस्तै, उपविजेताले नगद ३ लाखसहित ट्रफि र मेडल पाउने छ ।

Published On:  357पटक हेरिएको

तपाईको प्रतिक्रिया