अब बन्ने भयो पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं–१८ चैत । पोखरास्थित क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल आगामी बैशाख १ गते शिलान्यास हुनेभएको छ । सबै राजनीतिक दलका शिर्ष नेताहरु सहभागी भएर संयुक्तरुपमा शिलान्यास गर्ने सहमति गरेको बिहिबारको बृहत्तर बैठकले तीव्र गतिमा निर्माण सम्पन्न गर्ने गरि काम अघि बढाइने निर्णय समेpokhara-airport-design-2त गरेको छ ।
दलका शिर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री ओलीले विमानस्थलको शिलान्यास गर्ने निर्णय भएको भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल र योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले तोकिए कै समयमा  विमानस्थल निर्माण गर्न हुने विश्वास व्यक्त गरेका थिए ।
विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट साढे २१ अर्ब रुपैया ऋण उपलब्ध हुने सम्झौतामा चीनसँग नेपालको सम्झौता भइसकेको छ । यो ऋणको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने सहमतिमा उल्लेख छ । अनुदान बाहेकको रकमको नेपालले वार्षिक २ प्रतिशत व्याज तिर्नुपर्छ ।

आगामी चार वर्षमा निर्माण सक्ने र पाँच वर्ष भित्र विमानस्थल पुर्णरुपमा संचालनमा ल्याइसक्ने योजना निर्माण कम्पनिको छ ।

तपाईको प्रतिक्रिया