नेपाल बारे चासो नलिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं– चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बारे अनावश्यक चासो नराख्न भारत र युरोपेली राष्ट्रलाई चेतावनी दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो आन्तरिक तथा राष्ट्रिय मामिलाको उचित सम्बोधन गर्न नेपाल आफैं सक्षम रहेको भन्दै अन्य राष्ट्रको चिन्ता र सरोकार स्विकार्य  नहुने बताउनुभएको हो ।Kp-oli11

बेल्जियमस्थित ब्रसेल्समा युरोपियन युनियन र भारतीय सम्मेलनबाट नेपालको संविधानलाई दिगो र समावेशी बनाउनका लागि राजनीतिक विषयलाई सम्बोधन गर्न सुझाव आएको बेला प्रधानमन्त्री ओलीको योे  अभिव्यक्ति आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
काठमाडौंमा चीनीया राजदूत वु चुन्ताइको सहभागीता रहेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल आफु सक्षम रहेको भन्दै अरुको सुझावका आधारमा अघि नबढ्ने बताउनुभयो । सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्रले लोकतान्त्रिक बिधि र प्रक्रियाबाट बनाएको संविधानमा चिन्ता र चासो लिने भारत र युरोपेली राष्ट्रलाई सर्वसम्मतिबाट बनेका संविधान देखाउन र आफ्नो संविधानको समेत अबमूल्यन नगर्न चेतावनी पनि दिनुभयो ।
पूर्ण प्रजातन्त्र सहितको स्वतन्त्रता भएको राष्ट्रमा राजनीतिक दलका विचार र लक्ष्य फरक हुने भन्दै ओलीले नेपाली जनताको अभिमतको खिलापमा नबोल्न भारत र युरोपेली राष्ट्रका नेताहरुलाई सजग समेत गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया