डिजलको अवैध किनबेच गर्ने कानुनको दायरमा

काठमाडौं–चैत १८ । ललितपुरको चापागाउँ प्रहरीले डिजलको अवैध किनबेचको आशंकामा पक्राउ परेका चार जनालाई कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता गरी छानबिन अघि बढाएको छ । तीन हजार लिटर डिजलसहित मंगलवार साँझ पक्राउ परेका ना. २ ख ६६९८ ट्याङ्करका चालक थाहा नगरपालिका मकवानपुरका रामकुमार थोक र खरिदमा संलग्न बज्रबाहारी नगरपालिकाका रामकुमार बस्नेतलाई कालोबजारी ऐनअन्तर्गत म्याद थप गरी चापागाउँ बृत्तले छानबिन सुरु गरेको जानकारी दिएको हो । यस्तै, प्रहरीले मंगलवार नै लु. अ क ५०० नम्बरको जीपमा तीन हजार लिटर डिजल सहित पक्राउ परेका चालक बज्रबाराही नगरपालिका ललितपुरका दिपक घिमिरे र खरिदमा संलग्न मिल्चे ५ काभ्रेका उपभोक्ता अध्यक्ष दिलबहादुर वाईबालाई समेत म्याद थप गरी अनुसन्धानको दायरामा ल्याएको जनाएको छ ।

Published On:  501पटक हेरिएको

तपाईको प्रतिक्रिया